PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पछिल्लो २४ घण्टामा ५३ जिल्लामा १ हजार १२० संक्रमित थपिए, १ हजार ११२ संक्रमित डिस्चार्ज



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा ५३ जिल्लामा १ हजार १२० संक्रमित थपिए, १ हजार ११२ संक्रमित डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको नुमना परीक्षणका क्रममा ३२० महिला र ८०० पुरुष गरी एक हजार १२० जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

योसँगै ४१ हजार ६४९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। उनका अनुसार १८ हजार १८ संक्रिय संक्रमित रहेका छ।

बुधवार १२ जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या २५१ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ११२ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। निको हुनेको संख्या ५६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामामा वाग्मती जिल्लाका ११ जिल्लामा ४७३ जना संक्रमित पहिचान भएका छन्। रसुवा र दोलखामा भने संक्रमित पुष्टि भएका छैनन्।

काठमाडौं उपत्यकामा मात्र ३८८ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ का ८ वटै जिल्लामा २६१ जना संक्रमित थपिएका छन्। जसमध्ये धनुषाका ६३, सर्लाहीका ५० र पर्साका ४९ जना छन्।

प्रदेश १ का १४ जिल्ला मध्ये ९ जिल्लामा १४६ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये सुनसरीमा ७२ र मोरङमा ५३ जना छन्। प्रदेश ५ का ९ जिल्लामा ८७ जना संक्रमित थपिँदा बाँके जिल्लाका मात्र ४१ जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित पहिचान भएका छन्। गण्डकीका ६६ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णालीका तीन जिल्लामा ५९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जुम्लामा मात्र ३७ जना छन्। सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ६ जिल्लाका २८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell