PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

‘हुनेले दिउँ, नहुनेले लिएर जाउँ’मा खेलाडी संघको सहयोग



पहिलोपोस्ट

‘हुनेले दिउँ, नहुनेले लिएर जाउँ’मा खेलाडी संघको सहयोग

काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दैनिक ज्याला मजदुरी गरिखाने मजदुरहरुलाई फुड बैंकमार्फत सहयोग गरेको छ।

गोदावरी नगरपालिकाको समन्वय तथा स्थानीय युवाहरुको सक्रियतामा ‘हुनेले दिउँ नहुनेले लियर जाउँ’ भन्दै वडा नम्बर ११ मा संचालित फुड बैंक लाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सहयोग गरेको हो।

मजदुरी गरी खाने २०० जना ब्यक्तिहरुलाई आज खेलाडी संघले चामल, दाल, नुन, मस्यौरा, तेल साबुन लगायत सामग्री वितरण गरेको हो। कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेकाहरुलाई खेलाडी संघले सहयोग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell