PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कारागारका दश जनासहित पछिल्लो २४ घण्टामा कर्णालीमा ९५ जनामा कोरोना पुष्टि



पी बी खड्का

कारागारका दश जनासहित पछिल्लो २४ घण्टामा कर्णालीमा ९५ जनामा कोरोना पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा बुधवार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधवार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार पाँच सय ५१ पुगेको छ।

नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ६, बराहताल गाउँपालिकाका र लेकबेसी नगरपालिकाका चार/चार जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

जुम्लाको गुठिचौर गाउँपालिकाका दुई जना र जाजरकोटको जुनिचाँदे गाउँपालिका र नलगाड गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। दैलेखको दुल्लु नगरपालिकाका दुई र आठविस नगरपालिका र भैरवी गाउँपालिकाका एक/एक जनामा संक्रमण देखिएको हो।

सबैभन्दा बढी जुम्लामा ३७ जनामा संक्रमण पुष्टि भएको छ। चन्दननाथ नगरपालिकाका १९ जना छन्। जुम्लास्थित कारागारका मात्रै दुई महिलासहित दश जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

हिमा गाउँपालिका र सिंजा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कालिकोटको तिलागुफा नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएकोमा सान्नित्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णालीमै गरिएको परीक्षणमा बाँकेको कोहलपुर नगरपालिकाका एक जना रहेका छन् भने खजुरा, डुडुवा, राप्तिसोनारी गाउँपालिकाका एक/एक जना रहेका छन्।

दाङ घोराही उपमहानगर पालिका, दार्चुलाको लेकम गाउँपालिकाका, बर्दियाको बारबर्दिया नगरपालिका, बझाङको मस्टा गाउँपालिकामा एक/एक जनामा संक्रमण देखिएको छ। कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

बुधवार थपिएकामध्ये ३७ जनाको प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको हो भने ५८ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको हो। बुधवार थपिएका सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ।

कर्णालीमा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या दुई हजार एक सय २५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell