PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जनकपुरमा एक वृद्धको शव फेला



पहिलोपोस्ट

जनकपुरमा एक वृद्धको शव फेला

जनकपुरधाम : जनकपुरमा आज दिउँसो एक वृद्धको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित कुवा बजारको एक खाल्डो नजिक सडक छेउमा आज दिउँसो ३ बजे शव फेला परेको हो।

सेतो कुर्ता, कालो कलरको पाइन्ट र काँधमा गाम्छा राखेका ७५ वर्षीय मणिराम यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

सोधखोज गर्दा मृतक व्यक्ति अत्यधिक मदिरा सेवन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। मदिरा सेवन गरेर सधैं मागि हिड्ने उक्त पुरुष आफ्नो घरमा समेत नबस्ने गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell