PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ९० जनाको कोरोना परीक्षण भएकोमा १२ महिला र १३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका १५, बझाङका ९ र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको हो।

यस्तै, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार डडेल्धुराका १ र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, बझाङको दुर्गाथली गाउँपालिकाका ३ जना, मष्ठा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल्कोट गाउँपालिकामा १ जना संक्रमित थपिएको प्रयोगशाला ईन्चार्ज भुसालले जानकारी दिए।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधवार १ सय जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण देखिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार १ सय जनाको कोरोना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो।

उनका अनुसार अछामको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell