PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेपाल ह्यान्डबल संघलाई एसियाली ह्यान्डबल महासंघको साढे सात लाख सहयोग



रासस

नेपाल ह्यान्डबल संघलाई एसियाली ह्यान्डबल महासंघको साढे सात लाख सहयोग
फोटो : रासस (फाइल)।

काठमाडौं : नेपालका ह्यान्डबल खेलाडी तथा प्रशिक्षकको सहयोगका लागि नेपाल ह्यान्डबल संघलाई एसियाली ह्यान्डबल महासंघले सात लाख ६५ हजार रुपैयाँ राहत सहयोग गरेको छ।नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत स्वरुप एसियाली ह्यान्डबल महासंघले उक्त सहयोग प्रदान गरेको हो।

सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए। कोरोना बीमा गर्न संघले सबैको सूची तयार गर्ने काम गरिरहेको उनको भनाइ छ।

कोरोनाबाट बढी प्रभावित हुनेलाई बीमामा प्राथमिकता दिइने संघले जनाएको छ। यसअघि संघले झण्डै २०० खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell