PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

न समयबजी मागियो, न पुलुकिसि नै निस्कियो, कोरोनाले खल्लो भयो इन्द्रजात्रा

न समयबजी मागियो, न पुलुकिसि नै निस्कियो, कोरोनाले खल्लो भयो इन्द्रजात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ‘ला छकु व्येक समयबजी, वल वल पुलुकिसि’ …  

कोरोना भाइरसको संक्रमणका कारण यँया (इन्द्रजात्रा) प्रभावित नभएको भए बिहीबार यहि गीत काठमाडौंको धेरै स्थानमा गुञ्जिने थिए। घरघरमा समयबजी बन्थ्यो। चोकचोकमा समयबजी सजाएर राखिन्थ्यो। बेलुकी आआफ्नो टोलमा समयबजी बाडिँन्थ्यो। युवायुवतीहरु गीत गाउँदै समयबजी माग्दै हिँड्थे। सँगै इन्द्रजात्राको रौनक त हुन्थ्यो नै। आजको दिनलाई नेवार समुदायमा समयबजी पुन्ही समेत भनिने केही स्थानीयको दाबी छ।

तर आज न त शहरमा पुलुकिसि दौडियो। न त समबजी नै बाँडियो। यसपटक रथयात्रा सहित अन्य सबै नाचहरु रद्द गरिएकोले यसपटक इन्द्रजात्राको उल्लास देखिएन।

पुलुकिसि रहेको किलाघ: मा पुलुकिसिको ख्वापा (मुकुट) को पूजा गरियो। यस्तै, लाखेननीमा रहेको मजिपा लाखे आजुको ख्वापा दर्शन गर्न केही नजिकका मानिसहरु पुगे।

निषेधाज्ञाबीच केही स्थानमा भने आज समयबजी राखिएको थियो। साथै साँझ केही टोलमा स्थानीयले आआफैमा समयबजी बाँडेका थिए। धेरैले घरमा नै समयबजी खाए। 

यस्तै, रथयात्रा रद्द गरेपनि केही युवाहरुले पनि सांकेतिक रुपमा आज कुमारीको रथयात्रा गरेका छन्। सानो रथलाई गुडाएर उनीहरुले आज रथयात्रा हुने मार्गमा परिक्रमा गराएका थिए।

किलाघ:मा पुलुकिसिको पूजा गरिँदै
समयबजी
लाखेननीमा मजिपा: लाखेको पूजा गरिँदै
कुमारीको रथयात्राको सम्झनामा बनाइएको सानो रथ


ट्रेन्डिङ पोस्ट

Ncell