नेइमारलगायत तीन जना पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडीहरुमा कोरोना संक्रमण पुष्टी भएको एएफपीले जनाएको छ। पीएसजीले हिजो आफ्ना तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको जनाएको थियो। योसँगै स्रोतलाई उदृत गर्दै एएफपीले ब्राजिलियन स्टार नेइमारलाई कोरोना संक्रमण भएको दाबी गरेको हो।
#BREAKING Paris Saint-Germain's Brazil forward Neymar tests positive for #coronavirus, sources tell @AFP pic.twitter.com/CHoC2C7jlK
— AFP_Sport (@AFP_Sport) September 2, 2020
‘पीएसजीका तीन खेलाडीमा कोभिड परीक्षण पोजेटिभ देखिएको छ। र, उपयुक्त स्वास्थ्य प्रोटोकललाई पछ्याइएको छ,’ पीएसजीले लेखेको छ, ‘केही दिन भित्रै अरु खेलाडी र कर्मचारीहरुको पनि परीक्षण हुनेछ।’
Three @PSG_English players are confirmed positive after a Sars CoV2 test and have undergone the appropriate health protocols.
— Paris Saint-Germain (@PSG_English) September 2, 2020
All players and staff will continue to be tested over the next few days.
त्यस्तै फ्रेन्च मिडियाहरुले संक्रमित अन्य खेलाडीहरुमा एन्जेल डि मारिया र लियान्द्रो परेडेस रहेको दाबी गरेका छन्।
पीएसजीका केही खेलाडीहरु च्याम्पियन्स लिगको फाइनल पछि होलिडे ट्रिपमा इबिजाको आइल्याण्डमा गएको र त्यहाँबाट संक्रमण भएको हुन सक्ने बताइएको छ।
