PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुरुदेखि अहिलेसम्म चीनमा जति संक्रमित छन्, भारतमा एकै दिन थपिन थाले



पहिलोपोस्ट

सुरुदेखि अहिलेसम्म चीनमा जति संक्रमित छन्, भारतमा एकै दिन थपिन थाले

काठमाडौं : चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमणले भारत अहिले विश्वकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको मुलुकमा समावेश छ। वुहानमा देखिएको पहिलो केसदेखि आजको मितिसम्म चीनमा जति कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ, भारतमा एकै दिन त्यही हाराहारीमा 'केस' पहिचान हुन थालेको छ।

विश्वको सबैन्दा ठूलो जनसंख्या भएको चीनमा अहिलेसम्म जति संक्रमित छन्, भारतमा एकै दिन त्यति थपिनु उसका लागि चिन्ताको विषय बनेको छ।

टाइम्स अफ इन्डियाका अनुसार बुधवार भारतमा ८३ हजार २९ नयाँ संक्रमित थपिएका छन्। एकै दिन थपिएका संक्रमितको यो संख्या विश्वकै सबैभन्दा धेरै हो। भारतमा ८० हजारभन्दा धेरै संक्रमित एकै दिन भेटिएको यो तेस्रो पटक हो।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा आज बिहानसम्म रेकर्ड भएका संक्रमितको संख्या ८९ हजार ९ सय ४२ जना छ। तीमध्ये ८० हजार २ सय ५१ ठीक भइसकेका हुन्। ४ हजार ७ सय २६ जनाले चीनमा ज्यान गुमाएका छन्। कडा लकडाउन र अनुशासन तथा स्वास्थ्य सेवामा चीनले देखाएको तत्परताका कारण चीनका धेरै शहरहरु खुकुलो भइसकेका छन्।

तर, बाँकी विश्व भने कोरोनाको कहरबाट बाहिरिने संकेतसमेत देखिएको छैन।

अमेरिकामा एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिँदा ७७ हजार २ सय ५५ केस पहिचान भएको थियो। भारतले यो रेकर्डलाई अगस्ट २९ मा उछिनेको थियो। त्य सदिन ७८ हजार ९ सय ३ जना संक्रमित थपिएका थिए। त्यसयता भारतले बेतोड रेकर्ड बनाउनेक्रम जारी छ।

बुधवारमात्र महाराष्ट्रमा १७ हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। यो त्यहाँको सबैभन्दा उच्च संक्रमण दर हो।

पछिल्लो २४ घन्टामा भारतमा १ हजार २३ जनाले ज्यान पनि गुमाइसकेका छन्। यससहित भारतमा मर्ने कोरोना संक्रमितको संख्या ६७ हजार ४ सय १५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell