PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

क्यानले माग्यो ‘हेड कोच’ सहित विभिन्न पदमा आवेदन



पहिलोपोस्ट

क्यानले माग्यो ‘हेड कोच’ सहित विभिन्न पदमा आवेदन

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। उमेश पटवालले राजीनामा दिएर गएयता रिक्त रहेको मुख्य प्रशिक्षकका लागि क्यानले आवेदन खुला गरेको हो।

प्रशिक्षकका लागि इसिबी वा सिए लेभल३ वा सोसरहको क्रिकेट कोचिङ योग्यता सहित व्यवसायिक क्रिकेटमा ३ वर्षे अनुभव अनिवार्य गरेको छ। जसमा आइसिसीको पूर्ण सदस्य, फस्ट क्लास टीम, एसोसिएट टिम या अन्तर्राष्ट्रिय लिगमा कोचिङ गराएकोलाई मान्यता हुने उल्लेख छ।

त्यस्तै एसोसिएट राष्ट्रको ओडिआइ साइकल, क्रिकेट कल्चरलगायतका कुराहरु बुझेको र ६० वर्ष नकटेको हुनुपर्ने उल्लेख छ।

त्यस्तै अंग्रेजी राम्रो बोल्न र लेख्न सक्ने, कम्प्युटर स्किल भएको तथा नेपाली क्रिकेटलाई बुझेको ब्यक्तिलाई प्राथमिकतामा राखिने उल्लेख छ।

प्रशिक्षकको तलबबारे योग्यता र अनुभवका आधारमा क्यानको नीति अनुरुप दिइने उल्लेख छ।

त्यस्तै जेनेरल म्यानेजर, चिफ फाइनाइन्स अफिसर, सात प्रदेशका लागि एकएक स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि आवेदन खुला गरेको छ।

आवेदन दिने मिति सेप्टेम्बर २३ सम्म तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell