PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मोदीको ट्विट ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रवर्द्धन!



पहिलोपोस्ट

मोदीको ट्विट ह्याक गरेर क्रिप्टोकरेन्सीको प्रवर्द्धन!

बैगलौर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइट ह्याक भएको ट्विटरले जनाएको छ। ह्याक भएको उनको वेबसाइटबाट धेरै ट्विट भएका थिए जसमा 'राहत कोषमा क्रिप्टोकरेन्सीबाट सहयोग गर्न' भनिएको थियो।

ट्विटरले स्थितिलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। 'हामी सक्रिय भएर अनुसन्धान गरिरहेका छौं। यतिखेर हामी अरु पनि अकाउन्टमा असर भएकोबारे खोजिरहेका छौं,' ट्विटरका प्रवक्ताले इमेलमार्फत् जानकारी गराएको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रधानमन्त्री मोदीको सचिवालयले यसबारे केही प्रतिक्रिया दिएको छैन। @narendramodi_in ह्यान्डलबाट क्रिप्टोकरेन्सीमार्फत् राहत कोषमा रकम जम्मा गर्न आह्वान भएका ट्विट जारी भएका थिए। ती ट्विटहरु सबैलाई अफ गरिएको छ।

जुलाइमा विश्वभर धेरै हाइ प्रोफाइल व्यक्तिहरुको ट्विट ह्याक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell