PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

नारायणीको प्रयोगशालामा ११० नयाँ संक्रमित पुष्टि



राधेश्याम पटेल

नारायणीको प्रयोगशालामा ११० नयाँ संक्रमित पुष्टि

वीरगंज : मध्य तराईका पर्सा,बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्।

नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजले गए राति सार्वजनिक गरेको नतिजाअनुसार कूल ५ सय ७६ जनाको नमुना परिक्षणमा १९ दशमलव ९ प्रतिशतमा कारोना संक्रमण पुष्टि भएको जनाएको छ। डेढ वर्षका बालकदेखि ८० वर्षका पुरुषसम्ममा संक्रमण देखिएको छ।

कूल ११० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। संक्रमित मध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना रहेका छन्। पर्सको वीरगंज महानगरकाका मात्रै ४९ जना रहेका छन्। त्यस्तै कालिकामाई वडा नं २ का ४ जना, बहुदरमाई नगरपालिका वडानम्बर ४ र ५ का गरी ५ जनामा संक्रमण देखिएको छ। पर्सागढी वडा नं ४ र ८ का ७ जना,पोखरीया ४ र १० नम्बर वडाका ४ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी वीरगंजकै एक ३१ वर्षिय महिला डाक्टर, चण्डीप्रसाद गण वीरगंजका ३२,३४,३४ र ३७ वर्षका ४ जना सैनिक, सशस्त्र प्रहरी पर्साका २७, २८, २९, ३० र ३२ वर्षका गरी ५ जना र पर्सा प्रहरीका ३० र ४० वर्षका गरी कुल ७ जना तथा सैनिक ४ जना गरी कुल ११ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। नबिल बैंक वीरगंजकी ३१ वर्षकी एक महिला कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ।

बारा कलैया उपमहानगरका विभिन्न वडाका २४ जना र रौतहट, यमुनामाई गापा वडा नं ३ का १७ जना संक्रमित रहेको जनाइएको छ। वीरगंज ४ नं वडाका १, १० नम्बरका का ३, वडा नम्बर ८ का ७ जना, १३ नम्बरका ४ जना, १८ नम्बरका १ जना, २१ नम्बरका ७ जना, ११ नम्बरका २ जना, २ नम्बरका २ जना, १२ नम्बरका १ जना, १६ नम्बरका २ जना, १५ नम्बरका २ जना गरी कूल ४९ जना रहेको नारायणी अस्पताल पीसीआर प्रयोगशालाका प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell