PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ट्रम्पले ‘घरेलु आतंक’ भनेर फर्किएको विषयमा बोले जोय विडेन : न्याय प्रणालीलाई काम गर्न दिऔं



पहिलोपोस्ट

ट्रम्पले ‘घरेलु आतंक’ भनेर फर्किएको विषयमा बोले जोय विडेन : न्याय प्रणालीलाई काम गर्न दिऔं
Reuters

अमेरिकी राष्ट्रपति चुनावमा प्रजातान्त्रिक पार्टीबाट उम्मेद्वार रहेका जोय विडेनले गत साता ज्याकोब ब्लेक र ब्रेओना टेलरमाथि गोली प्रहार गर्ने प्रहरीलाई सजायको माग गरेका छन्। उनले देशभर जातीय न्यायको प्रदर्शनलाई उक्साउने मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।

भने,’मलाई लाग्छ हामीले न्याय प्रणालीलाई काम गर्न दिनुपर्छ। तर, यस प्रणालीले दोषी प्रहरी कर्मचारीहरूलाई कारवाही चाहिं गर्नुपर्छ।‘

अगस्ट २३ मा विसकोन्सिन राज्यको केनोसामा २९ वर्षीय ब्लेकमाथि प्रहरीले ७ राउण्ड गोली प्रहार गरेको थियो। त्यस पछि उनलाई पक्षघात भएको छ। त्यस्तै २६ वर्षीया टेलरमाथि केन्टकीस्थित घरमै ड्रग छापा मारेपछि गोली प्रहार भएको थियो।

यी दुवै घटनाको दोषीमाथि हालसम्म सजाय तोकिएको छैन। भलै राष्ट्रपति ट्रम्पले मंगलवार घटना स्थल पुगेर जे भयो त्यसलाई ‘घरेलु आतंक’को संज्ञा दिएर फर्किए।

विडेन हाल चुनावी प्रचार प्रसारमा व्यस्त छन्। बीबीसीका अनुसार ओपिनियन पोलहरूमा उनी प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पभन्दा अगाडि छन्।  

विडेनले एकजना बन्दुकधारी वामपन्थी कार्यकर्ताका भएको दावी गरे। जसले गत साताको अन्त्यमा ओरेगनको पोर्टल्यान्डमा सडकमै एक ट्रम्प समर्थकलाई गोली हानी मारेको बताए। भने,’उनीहरूविरुद्ध अनुसन्धान हुनुपर्छ। सुनिश्चित गरौं कि न्याय मरेको छैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell