PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेकपा विवाद : ११ बजेको सचिवालय बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने



पहिलोपोस्ट

नेकपा विवाद : ११ बजेको सचिवालय बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ। ११ बजेका लागि डाकिएको बैठक ४ घण्टा पछि हुने गरी सरेको हो।

विवाद समाधानका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ‌ओलीलाई राहत पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेका उपाध्यक्ष वामदेव गौतमले एकाएक राष्ट्रियसभा सदस्यमा दावेदारी गरेपछि पार्टीभित्रको विवाद फेरि गिजोलिएको छ।

गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने माग तेर्स्याएका छन्। उनले आफू सरकारमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन्।

आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई लैजाने विषयमाथि छलफल हुनेछ। बुधवार बेलुकी प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा सचिवालय बैठकबाटै निष्कर्षमा पुग्ने सहमति भएको थियो।

सचिवालयका अधिकांश सदस्यहरु गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने अडानमा छन्। तर, ओली भने रिक्त पदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडलाई दोहर्‍याउने पक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell