PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेपाली सेनाभित्र अहिलेसम्म ५ सय ८ जना संक्रमित



पहिलोपोस्ट

नेपाली सेनाभित्र अहिलेसम्म ५ सय ८ जना संक्रमित
फाइल फोटो

काठमाडौं : पछिल्लो समय सुरक्षाकर्मीमा कोभिड १९ को संक्रमण बढ्दै गएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि नेपाली सेनामा समेत संक्रमण देखिन थालेको छ। नेपाली सेनामा अहिलेसम्म ५ सय ८ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ।

जेठ ३ गते पहिलो पटक धनुषामा सेनामा कोभिड पोजेटिभ देखिएको थियो। त्यसपछि एकपछि अर्कोमा गर्दै कोरोना संक्रमण देखिन थालेको छ। साउन १७ गतेसम्म देशभर ५ सय ८ जनामा संक्रमण पुष्टि भएको नेपाली सेनाले जानकारी दिएको छ।

संक्रमण देखिएका मध्ये १ सय २६ जना उपचारपछि निको भइसकेका छन्। त्यस्तै ३ सय ८२ जना उपचारत रहेका छन्। उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्राइ ट्रेसिङ गरी कोभिड परीक्षण गरिरहेको छ। देशभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाली सेनाले पनि आफ्नो आन्तरिक कार्यक्रमहरु भने रद्ध गरेको छ।

प्रत्येक वर्ष गर्दै आएको पृतनापति सम्मेलन पनि कोभिडको कारण रद्ध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell