PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितवनमा थप एक संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

भदौ ६ गते अस्पतालमा झाडा पखला खोकी तथा छातीमा समस्या देखिएपछि भर्ना भएकी भरतपुर महानगरपालिका ११ की ४० वर्षकी महिलामा १० गते संक्रमण पुष्टि भएको थियो।

अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचाररत महिलाको बिहीवार बिहान १२: २३ बजे मृत्‍यु भएको डाक्टर लम्सालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell