PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

लागू औषधको विवादमा सानुको गयो ज्यान, हत्या अभियोगमा एक महिला सहित चार जना बिरुद्ध अदालतमा मुद्दा दर्ता



राधेश्याम पटेल

लागू औषधको विवादमा सानुको गयो ज्यान, हत्या अभियोगमा एक महिला सहित चार जना बिरुद्ध अदालतमा मुद्दा दर्ता

वीरगंज : बारा निजगढ वडा नम्बर ८ बस्ने ३७ वर्षीय सानु भनिने लालध्वाज लामाको हत्या अनुसन्धान सकाएर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। त्यस्तै सरकारी वकिल कार्यालयले पनि बुधवार नै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

लामाको हत्या प्रकरणमा संलग्न चार अभियुक्तलाई प्रहरीले गत  साउन २५ गते पक्राउ गरेको थियो। निजगढ नगरपालिकाका एक जना महिलासहित ४ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो। पक्राउ पर्नेमा निजगढ ८ का ३३ वर्षीय केशवराज शिवाकोटी, वडाका ३९ वर्षिय बन्दना लामा, वडा नम्बर ९ का ४५ वर्षीय सन्जय भनिने चक्रबहादुर तामाङ र सर्लाही बागमती नगरपालिका ३ का २४ वर्षीय जोखबहादुर स्याङतान रहेका छन्। उनीहरुले हत्या गरेको स्वीकारिसकेका छन्।

जिल्ला प्रहरी बाराबाट खटिएका प्रहरी टोलीले एक महिनादेखि गरेको अनुसन्धानबाट मृतक र पक्राउ परेका अभियुक्तहरु लागू औषध प्रयोगकर्ता रहेको र आपसी मनमुटावको कारण बेपत्ता गरी हत्या गरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी गराए।

चार जनामाथि बुधवार बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतमा पेश गरेको बारा प्रहरी प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए।

गत असार २१ गते घरबाट बेपत्ता पारिएका सानुको शव एक सातापछि निजगढ नगरपालिका २२ अमलेखगंजको २ नम्बर पुलस्थित थानीमाई सामुदायिक वनको सिसौ घारीमा फेला परेको थियो। शव सडेको अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell