PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विद्रोह कि बहुलठ्ठी पारा? : निषेधाज्ञा तोडेर रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास

विद्रोह कि बहुलठ्ठी पारा? : निषेधाज्ञा तोडेर रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै युवाहरुले आज पुल्चोकमा प्रदर्शन गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन्। 

आउने केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर भए पनि जात्रा संचालन गर्न उनीहरुले माग गरेका छन्। 

कर्फ्यू लगाएर निश्चित व्यक्तिहरु राखेर केही दिनमा नै जात्रा सकाउन समेत छलफल भइरहेको छ। 

यसबीच पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई युवाहरुले आजै तान्ने प्रयास समेत गरेका छन्। 

आज नै गुठी संस्थान, महानगर लगायत सरोकारवालाको बैठक बसी जात्रा गर्ने वा नगर्ने बारेमा निर्णय लिने छ।



ट्रेन्डिङ पोस्ट

Ncell