PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

संकटको संकेत दिँदै हरायो जहाज, चालक दलका ४६ जनामध्ये एक पौडिदै गरेको अवस्थामा भेटिए



पहिलोपोस्ट

संकटको संकेत दिँदै हरायो जहाज, चालक दलका ४६ जनामध्ये एक पौडिदै गरेको अवस्थामा भेटिए

जापानी तटरक्षक बलले आँधीका कारण बेपत्ता भएको जहाजमा सवार एक व्यक्तिको उद्धार गरेको छ। ती व्यक्ति ४३ चालक दल र ६ हजार गाईवस्तुसहित बेपत्ता भएको जहाजमा थिए।

जहाज ‘गल्फ लाइभ स्टक १’ले पूर्वी चीनको समुद्रमा मेसकमा आँधी आएपछि खताराको संकेत दिएको थियो।

त्यसको केही समय पछि एक मानिस ‘लाइफ ज्याकेट’को सहयतामा पौडिरहेको अवस्थामा भेटिएका हुन्।

छाल र हुरी बीच बेपत्ता जहाजसँगै अन्य चालक दलको खोजी विमान र गस्ती जहाजले गरिरहेका छन्। चालक दलमा ३९ जना फिलिपिन्स, २ न्यूजिल्यान्ड र २ अस्ट्रेलियाका नागरिक हुन्।

जापानी तटरक्षकका अनुसार उद्धार गरिएका व्यक्ति फिलिपिनोमध्ये एक हुन्। उनले छालसँग ठोक्किनु अघि नै जहाजको इन्जिनले काम गर्न छाडेको बताएका छन्।

उक्त जहाज अगस्ट १४ मा न्यूजिल्यान्डबाट चीनका लागि निस्किएको थियो। १७ दिनमा जहाजको यात्रा सकिने अनुमान गरिएको थियो।

बुधवार राती जहाजले दक्षिण-पश्चिम जापानको अमामी ओशिमा द्वीपमा संकटको संकेत पठाएको थियो।

अस्ट्रेलिया र न्यूजिल्याण्डले चालक दलका सदस्यको परिवारलाई सहायता पठाउने बीबीसीले जनाएको छ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell