PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु, शव व्यवस्थापनको तयारी



पहिलोपोस्ट

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु, शव व्यवस्थापनको तयारी

काठमाडौं: भक्तपुरका ४० वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ।

कोभिड-१९ संक्रमित महिलालाई बुधवार राति अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्‍याउँदा नै स्वास्थ्य अवस्था जटिल रहेकी महिलाको विहान पौने २ बजे निधन भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकारी दिए। 'पहिल्यदेखि उहाँ संक्रमित हुनुहुन्थ्यो। विहान २:४५ मा निधन भएको हो,' उनले भने।

महिला मिर्गौला रोगी भएको अस्पतालले जनाएको छ। मृतक महिलाको शव अस्पतालमै राखिएको र आजै ब्यवस्थापन हुने शाक्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell