PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

११.५ नमुना परीक्षण गर्दा एक संक्रमित, उपत्यकामा पाँच नमुना मध्ये एकमा संक्रमण



पहिलोपोस्ट

११.५ नमुना परीक्षण गर्दा एक संक्रमित, उपत्यकामा पाँच नमुना मध्ये एकमा संक्रमण

काठमाडौं : नेपाल कोभिड-१९ को विश्व ड्यासबोर्डमा ६१ औं स्थानमा पुगेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका ८ मुलुक मध्ये नेपालभन्दा अगाडि तीन मुलुक छन् भने पछाडि चार।

संक्रमणको ग्राफ उकालो लाग्दैजाँदा पछिल्लो एक सातामा सात हजार २ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। जुन प्रति दिन औशतमा एक हजार ३३ हुन आउँछ। पछिल्लो सात दिनमा ८३ हजार १ सय ८७ नमुना परीक्षण गरिएका छन्। पछिल्लो सात दिनमा औशत दैनिक ११ हजार ८ सय ८३.८५ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ।

नेपालमा प्रति १० लाख एक हजार ४ सय को हाराहारीमा संक्रमण पुष्टि हुँदा प्रति १० लाख ८ जनाको मृत्यु भइसकेको छ। गत साताभन्दा यस साता संक्रमण वृद्धि ३२.६ प्रतिशतले भएको विश्व स्वास्थ्य संगठन तथ्यांकमा उल्लेख छ। अघिल्लो साता भन्दा यो साता मृत्युदर ५० प्रतिशतले बढेको उल्लेख छ।

हालसम्म नेपालमा सात लाख १८ हजार ४३९ नमुना परीक्षण भएका छन्। नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ। हालसम्म १७.२४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ।

तर पछिल्लो साता संक्रमण दर उच्च हुँदा पछिलो सात दिनमा ११.५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्र ६ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय बागमतीको तथ्यांकमा उल्लेख छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रति ५.१९ नमुनामा १ पोजेटिभ संक्रमित फेला परेका छन्। उपत्यकामा हालसम्म ३४ हजार ३५३ नमुना संकलन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell