PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पुल्चोकमा प्रहरीले हान्यो अश्रु ग्यास, रथ तान्ने र सुरक्षाकर्मीबीच भिडन्त

पुल्चोकमा प्रहरीले हान्यो अश्रु ग्यास, रथ तान्ने र सुरक्षाकर्मीबीच भिडन्त

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ।

निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।

दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको छ। प्रदर्शनकारीले प्रहरीलाई खेदेका छन्।

प्रहरीलाई खेदेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ। सुरक्षाकर्मीले भिड तितरवितर पार्न थालेको छ अहिले। पुल्चोकको मुल सडक यतिखेर ढुंगामुढाका कारण आन्दोलनस्थलका रुपमा परिणत भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell