PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पुल्चोकको आन्दोलनमा प्रहरीको वाटर क्यानन क्षतिग्रस्त, त्यसमाथि थपियो तोडफोड



पहिलोपोस्ट

पुल्चोकको आन्दोलनमा प्रहरीको वाटर क्यानन क्षतिग्रस्त, त्यसमाथि थपियो तोडफोड

ललितपुर : नेपाल प्रहरीको वाटर क्यानन सामान्य दुर्घटनामा परेको छ भने आन्दोलनकारीले त्यसमा थप तोडफोड गरेका छन्। रातो मछिन्द्रनाथको रथ चलाउन माग गर्दै उत्रिएका युवाहरुले भिड तितरवितर पार्न ल्याइएको वाटर क्यानन तोडफोड गरेका हुन्।

पानीको फोहराले रथ तान्न खोज्नेहरुलाई प्रहार गर्ने तयारी भएपछि स्थानीय आक्रमक भएर उत्तिएका थिए। उनीहरुले प्रहरीलाई ढुंगामुडासमेत गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ। यतिखेर मछिन्द्रनाथको रथ प्रहरीको नियन्त्रणमा रहेको छ।

वाटर क्यान भने सडक छोडेर सिंढीमा ठोक्किन पुगेको छ। यसका सिसाहरु आन्दोलनकारीले फुटाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell