PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पुल्चोकमा प्रहरीको मोटरसाइकलमा आन्दोलनकारीको आगो

पुल्चोकमा प्रहरीको मोटरसाइकलमा आन्दोलनकारीको आगो

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्।

निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो।

प्रहरीले अश्रु ग्यास प्रहार गर्न थालेपछि प्रदर्शनकारीले प्रहरीकै वाटर क्यानन तोडफोड गरेका थिए भने मोटरसाइकल जलाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell