PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निषेधाज्ञामा भिड जम्मा भएपछि पुल्चोकबाट हटाइएको हो : प्रजिअ ललितपुर



पहिलोपोस्ट

निषेधाज्ञामा भिड जम्मा भएपछि पुल्चोकबाट हटाइएको हो : प्रजिअ ललितपुर

काठमाडौं : निषेधाज्ञाको समयमा मानिसको भिड जम्मा भएर रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि झडपको स्थिति आएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन्।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै दुई सातादेखि काठमाडौंका तीन जिल्लामा निषेधाज्ञा जारी छ।

'निषेधामा भिड भएपछि सुरक्षाकर्मीले भिडलाई हटाएको हो। अहिले भिड हटिसकेको छ,' प्रमुख जिल्ला अधिकारी भट्टले पहिलोपोस्टसँग भने।

रथ तान्न पुगेका स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन् भने प्रहरीको वाटर केनन तोडफोड गरेका छन्। निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको थियो। झडपको क्रममा केही प्रहरी समेत घाइते भएका छन्।

त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्डअश्रु ग्यास समेत प्रहार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell