PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मोरङमा १२ जुवाडे पक्राउ, करिब तीन लाख रुपैयाँ बरामद्



अनन्तराज न्यौपाने

मोरङमा १२ जुवाडे पक्राउ, करिब तीन लाख रुपैयाँ बरामद्

विराटनगर : मोरङ प्रहरीले जूवा खेलिरहेका १२ जनालाई तास र नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बुधबार अपराह्न प्रहरीले कानेपोखरी गाउँपालिका वडा नं. ७ स्थित चालीस बिघे भन्ने ठाउँमा जुवाडेलाई पक्राउ गरेको हो।

उनीहरू चालीस बिघेका किशोर लुइँटेलका घरमा तास खेलिरहेका थिए। इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँसहित ४ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिकाका ३६ वर्षीय बिमल गुरुङ, ३७ वर्षीय कृष्ण लिम्बू, २८ वर्षीय श्याम लिम्बू, ५२ वर्षीय चन्द्र लिम्बू, लेटाङ नगरपालिकाका ३१ वर्षीय समीर तामाङ र झापा बिर्तामोडका ३२ वर्षीय लक्ष्मीकुमार तामाङ छन्।

त्यस्तै बिर्तामोडकै २७ वर्षीय सञ्जीव घतानी, झापा हल्दीबारी गाउँपालिकाका ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ति गाउँपालिकाका ३८ वर्षीय मानिस लिम्बू, सुनसरी धरानका ३९ वर्षीय रूपजङ्ग लिम्बू, धरानका २९ वर्षीय किरण उदास र सुनसरी इटहरी उपमहानगर पालिकाका २४ वर्षीय राजन पौडेल पनि पक्राउ परेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell