PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भाइरल भइरहेको 'पुल्चोकमा कुटिएका प्रहरी'को अल्कामा उपचार, कस्तो छ उनको अवस्था?



सविन ढकाल

भाइरल भइरहेको 'पुल्चोकमा कुटिएका प्रहरी'को अल्कामा उपचार, कस्तो छ उनको अवस्था?

काठमाडौं : बिहीवार बिहानैदेखि रातो मछिन्द्रनाथको रथ तान्न विषयमा पुल्चोकमा स्थानीय प्रदर्शनमा उत्रिएका थिए। बिहान ११ बजेसम्म अवस्था सामान्य नै थियो। तर, दिउँसो १ बजेपछि भने स्थिति निकै गरम बन्यो।

प्रदर्शनकारी र प्रहरीबीच झडप नै भयो। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले भिड नियन्त्रण गर्न वाटर क्याननको प्रयोग गरेपछि प्रर्दशनकारी प्रहरीमाथि जाइलागे। त्यसपछि प्रहरीको तर्फबाट अश्रु ग्यास र प्रदर्शनकारीको तर्फबाट ढुंगा बर्सिन थाले।

तर, यही भिडन्तको बीचको घानमा भने एक ट्राफिकका प्रहरी जवान पर्न पुगे। अहिले समाजिक संञ्जालमा त्यही भिडियो भाइरल भइरहेको छ जसमा देखिन्छ - उनको मोटरसाइकल खोसिएको छ भने उनले कुटाइ खाएका छन्। आखिर ती को हुन् जसले कुटाइ खाए?

भाइरल भएको पुल्चोकमा कुटिएका प्रहरीको अलकामा उपचार, कस्तो छ उनको अवस्था?

Posted by PahiloPost on Thursday, September 3, 2020

प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण गरेका हुन्। उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भएको छ। जबकि उनको भूमिका भिडलाई नियन्त्रण गर्ने भन्ने केही थिएन। उनी बिहानैदेखि ड्युटीमा खटिएका दिए - सवारी व्यवस्थपनका लागि।

स्थिति तनावपूर्ण बनेपछि जउलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गर्ने भनिएको थियो। उनी नटोल छेउमा बसेर पुल्चोकबाट सवारीसाधनलाई आउन नदिएर डाइभर्ट गराउन तल्लिन थिए। साथै, त्यसपछि मंगलबजारबाट आउने सवारी लाई पनि रोक्नु पर्ने थियो। त्यसैका लागि अगाडि बढेका उनलाई एक्कासी प्रदर्शनकारीले आक्रमण गरे।

'हाम्रो ड्युटी सवारी व्यवस्था मात्र हेर्ने हो। त्यही क्रममा उहाँ सवारीको डाइभर्सन गर्न जानु भएको थियो,' ट्राफिक प्रहरी निरीक्षक भोला अधिकारीले भने। रामेछापको चोप्राङमा दरबन्दी भइ हाल पाटनमा खटिँदै आएका थिए।

आन्दोलनकारीको आक्रमण परेर घाइते भएका जवान महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट खटिएका थिए। घाइते जवानको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा, ढाडमा गहिरो चोट लागेको छ।

उनले प्रयोग गर्दै आएको मोबाइल हराएको छ भने आन्दोलनकारीले उनी चढेको मोटरसाइकल जलाएका छन्। उनलाई नियन्त्रणमा लिएर आन्दोलनकारीले ७ सय मिटर परसम्म लगेको प्रहरीले जनाएको छ। त्यसपछि भने प्रहरीको टोलीले उनको उद्धार गरेको थियो।

उनले चढ्ने बा २ ब ७२४२ नम्बरको मोटरसाइकलमा लगाएको आगो प्रहरीहरुले निभाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell