PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गोंगबु हत्या प्रकरणः महिलालाई पूर्पक्षको लागि थुनामा पठाइयो



पहिलोपोस्ट

गोंगबु हत्या प्रकरणः महिलालाई पूर्पक्षको लागि थुनामा पठाइयो

काठमाडौं: दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी(पौडेल)लाई पूर्पक्षको लागि थुनामा पठाएको छ।

जिल्ला अदालत काठमाडौंले बिहीवार थुनामा पठाउन आदेश गरेको हो। बोहोराको हत्याको अभियोमा प्रहरीले पौडेल र उनकी १५ वर्षीया छोरीलाई साउन २७ गते प्रहरीले सार्वजनिक गरेको थियो। प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको थियो। छोरीलाई भने सुधार गृह पठाइएको छ।

गत साउन २५ गते टोखा नगरपालिकाको वडा नम्बर १० मा टाउको काटिएको शव सुटकेसभित्र फेला परेको थियो। करिब ३ सय मिटरको दुरीमा अर्को झोलामा काटिएको टाउको र खुट्टा प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको थियो।

अभियुक्त महिलाले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै बोहोराको हत्या गरेको कुरा प्रहरीसामु स्वीकार गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell