PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेपाल बक्सिङ संघद्वारा प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा



पहिलोपोस्ट

नेपाल बक्सिङ संघद्वारा प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा

काठमाडौं : नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ। वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणीका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बीमा गरिदिएको हो।

ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। बीमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको बीमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कास्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको बीमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन्।

अध्यक्ष अवालेले क्रमैसँग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना बीमा गरिदिने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell