PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोभिड-१९ संक्रमित गैँडाकोटका युवाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ संक्रमित गैँडाकोटका युवाको मृत्यु

काठमाडौं : नवलपरासी बर्दघाट सूस्ता पूर्वका कोभिड-१९ संक्रमित एक युवाको बिहीवार उपचारका क्रममा मृत्यु भएको छ।

नवलपरासी बसूपू गैँडाकोट नगरपालिका २ का ३७ वर्षका पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

भदौ ९ गते अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या भई अस्पतालमा भर्ना भएका उनमा १० गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

उनको उपचारकै क्रममा बिहीवार दिउसो २:२० बजे मृत्यु भएको डाक्टर लम्सालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell