PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सेवाग्राहीबाट घुस लिएको अभियोगमा वडाध्यक्ष अख्तियारको नियन्त्रणमा



पहिलोपोस्ट

सेवाग्राहीबाट घुस लिएको अभियोगमा वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देही : सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell