PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय



पहिलोपोस्ट

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ। बिहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रपतिबाट सिफारिस हुने पदमा मन्त्रिपरिषदबाट सरकारले निर्णय गर्न लागेको बारे जानकारी दिनुभयाे,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

नेकपाले गत फागुनमा नै गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निर्णय कार्यान्वयन गर्न राजी भएनन्। उनले अर्थमन्त्री युवराज खतिवडालाई लैजान चाहेका थिए।

६ महिनापछि नेकपामा सोही विषयले विवाद भयो। गौतमले उक्त निर्णय कार्यान्वयन गर्न अडान राखे। ओलीले अहिले पनि खतिवडालाई नै दोहोर्याउन चाहेका थिए। अन्तत: गौतमलाई नै पठाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell