PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थपिए ९५ संक्रमित, ६० जना डिस्चार्ज



फूलमाया पुरी

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थपिए ९५ संक्रमित, ६० जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा २४ घण्टाभित्र ९५ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितहरुमा ३० महिला र ६५ जना पुरुष रहेका छन्।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएकामा ९५ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा ४४, सुनसरीमा २८, झापामा १२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २/२ र प्रदेश बाहिरका १ जनामा पनि कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी, मन्त्रालयकै तथ्यांक अनुसार मोरङको विराटनगरमा आज १३ महिलासहित ३३ जनामा संक्रमण देखिएको छ। त्यस्तै, मोरङकै सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १/१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण पुष्टि भएको छ।

यता, सुनसरीको धरानमा ४ महिला र १७ पुरुष, इटहरीमा १ महिला र २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १/१ पुरुष र देवानगञ्जमा १ महिलाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ।

झापाको कमल गाउँपालिकामा २ महिला र ४ पुरुष, विर्तामोडमा ४ महिला र १ पुरुष, अर्जुनधारामा १ पुरुषमा पनि आजै कोरोना संक्रमण देखिएको छ। संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष संक्रमित भएका छन्।

धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङलुङमा १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको छ। प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा विराटनगर महानगरपालिकाका वैजनाथपुर आइसोलेसन केन्द्रबाट १ जना, मारवाडी सेवा सदन आइसोलेसन केन्द्रबाट १८ र कालि सदन आइसोलेसनबाट ७ जना रहेका छन्। त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३, होम आइसोलेसनबाट ११ र विराट मेडिकल आइसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना डिस्चार्ज भएका छन्।

त्यसैगरी, रुम्झाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २ रधाईजन आइसोलेसन केन्द्र, झापाबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ४७ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएसँगै हालसम्म ९३ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell