PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

वीरगंजमा भदौ २५ गतेसम्म लम्बियो निषेधाज्ञा



राधेश्याम पटेल

वीरगंजमा भदौ २५ गतेसम्म लम्बियो निषेधाज्ञा

वीरगंज : वीरगंज महानगरपालिकामा भदौ २५ गते राति १२ बजे सम्मका लागि पुनः निषेधाज्ञा लम्ब्याइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिका बैठकले निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

वीरगंज महानगर क्षेत्रका खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल खोल्ने गरी निषेधाज्ञा पाचौँ चरण अन्तर्गत थप ७ दिन लम्ब्याइएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गर्दै तरकारी तथा फलफुल पसलहरु बिहान ५ बजेदेखि ८ बजे सम्म दैनिक रुपमा खोल्न एवं बिक्रीको लागि वातावरण बनाउने जनाएको छ।

वीरगंज रेलवे रोड घण्टाघर, स्कूलदेखि २ सय मिटर उत्तरतर्फ एकतर्फी रुपमा १५ फिटाको दुरीमा पसल राख्न र तरकारी तथा फलफुल बेच्न मापदण्ड तोकिएको छ। त्यसैगरी, अन्य पसलहरुको हकमा पूर्व र दक्षिण तर्फ मोहडा भएका पसलहरु सोमवार, बुधवार, शुक्रवार गरी सातामा तीन दिन बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइनेछ। 

त्यस्तै, पश्चिम र उत्तर तर्फ फर्केका पसलहरु आइतवार, मंगलवार र बिहीवार खोल्न पाइने बताइएको छ। पसल सञ्चालन गर्दा कुनै किसिमको भिडभाड हुन नदिने र समाजिक दुरी कायम नभए ऐन बमोजिक पसलेलाई कारबाही गरिने जनाइएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले निजी तथा सार्वजनिक यातायातका गाडीहरु सञ्चालनमा रोक लगाएको छ भने सैलुन, ब्यूटिपार्लर, शैक्षिक संस्था, सामूहिक धार्मिक सांस्कृति काम, होटल, रेस्टुरेन्ट, चिया पसल, खाजा पसललगायतमा हाल पनि प्रतिबन्ध लगाएको छ। साथै, कुनै पनि घरपरिवारका १२ वर्ष मुनिका र ६० वर्ष माथिका गम्भीर प्रकृतिका बिरामीलाई आफ्नै घर परिसरमा राख्न वातावरण मिलाउने र स्वास्थयमा समस्या आए अस्पतालको तथा स्वास्थ्यकर्मीको सम्पर्कमा जाने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell