PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पुल्चोकमा ट्राफिक प्रहरी जवान कुटेको अभियोग दश जना समातिए, ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यू



पहिलोपोस्ट

पुल्चोकमा ट्राफिक प्रहरी जवान कुटेको अभियोग दश जना समातिए, ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यू

काठमाडौँः बिहीबार दिउँसो ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधाज्ञाको समयमा रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाएपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो। सो क्रममा सवारी व्यवस्थापनमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न भएको भन्दै  नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेकप्रसाद राइले बताए। नियन्त्रणमा लिइएकाहरु विरुद्ध संक्रामक रोग ऐनविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ।

यसैबीच स्थानीय प्रशासनले ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू कायम रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell