PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सन्दीपले बलिङ नगर्दै जमैकाको खेल वर्षाले बाधित, खेल नतिजाबिहीन



पहिलोपोस्ट

सन्दीपले बलिङ नगर्दै जमैकाको खेल वर्षाले बाधित, खेल नतिजाबिहीन

क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा जमैका तल्लावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्स बीचको खेल वर्षाका कारण नतिजाबिहिन भएको छ। प्याट्रियोट्ले ब्याटिङ गर्दैगर्दा पानी परेर खेल रोकिएपछि दुबै टिमले अंक बाँडेका हुन्।

खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्याट्रियट्सले ५.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा ४६ रन बनाएको थियो। जमैकाबाट सन्दीपले बलिङ गर्न नथाल्दै पानी परेको थियो।

अंक बाँडेसँगै जमैकाको ८ खेलमा ४ हार र तीन जित सहित ७ अंक छ। साथसाथै उपाधिको होडमा रहन बाँकी खेलहरु जित्नुपर्ने दवाब पनि जमैकालाई हुनेछ। त्यस्तै ९ खेलबाट ३ अंकमात्र जोडेको प्याट्रियोट्स भने उपाधिको होडबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell