PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जर्मनी र स्पेन बराबरीमा रोकिए



पहिलोपोस्ट

जर्मनी र स्पेन बराबरीमा रोकिए

युइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। खेलको अन्तिमसमयमा अग्रता जोगाउन नसक्दा जर्मनीले स्पेनसँग बराबरीमा चित्त बुझाउनु परेको हो। जर्मनीको मर्सिडिसबेन्ज एरेना खेलमा अतिरिक्त समयमा गोल गर्दै स्पेनले खेल बराबरी गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जर्मनीले अग्रता बनाएको थियो। खेलको ५१ औं मिनेटमा रोबिन गोसेनको पासमा टिमो वार्नरले गोल गरे। त्यस्तै खेलको अतिरिक्त समयमा स्पेनले गोल फर्काएको थियो। रोड्रिगोको पासमा जोसे लुइस गयाले गोल गरेका थिए।

यी दुई टिमबीचको अर्को खेल नोभेम्बर १८ मा स्पेनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell