PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बिहानैदेखि ललितपुरको शहरी क्षेत्रमा कर्फ्यु, सुुनसान सडक



पहिलोपोस्ट

बिहानैदेखि ललितपुरको शहरी क्षेत्रमा कर्फ्यु, सुुनसान सडक

ललितपुर : हिजो पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको छ। बिहान ४ बजेबाट कर्फ्यु जारी गरिएको हो।

कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकारसहित कर्फ्यु लगाइएकाले यस क्षेत्र सुनसान बनेको छ। आज राति १० बजेसम्म कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समय बढ्ने या नबढ्ने आज दिनभरि विकास हुने घटनाक्रमले निश्चय गर्ने छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम जिल्ला प्रशासन कार्यालयले कर्फ्युको आदेश गरेको हो। हिजो मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप भएको थियो। कोरोना संक्रमण फैलिएका कारण मछिन्द्रनाथको जात्रा रोकिएको छ।

आज जारी कर्फ्यु बलेखुदेखि मनहरापुलसम्मको चक्रपथ भित्र पर्ने सबै क्षेत्रमा लागू गरिएको छ। चक्रपथ बाहिरको जनजीवन सामान्य रहे पनि मुल शहरी क्षेत्र सुनसान बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell