PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अस्वेत अमेरिकी डानियलको मृत्युमा जिम्मेवार ७ प्रहरी अधिकारी निलम्बित



पहिलोपोस्ट

अस्वेत अमेरिकी डानियलको मृत्युमा जिम्मेवार ७ प्रहरी अधिकारी निलम्बित

अस्वेत अमेरिकी नागरिक डानियल प्रुडेको मृत्यु अघि उनलाई नियन्त्रणमा लिने ७ जना प्रहरी अधिकारीहरू निलम्बनमा परेका छन्। ती प्रहरी अधिकारीहरूले मानसिकस्थिति ठीक नभएका प्रुडेलाई आफूहरूमाथि थुक्नबाट रोक्नका लागि हात तथा मुख छोपेर थिचेका थिए। उनीहरूको दोष सीसीटिभी फुटेजले पुष्टि गर्छ।

बीबीसीका अनुसार रोचेस्टरका मेयर लभली वारेनले अन्यायपूर्ण घटना भएको भन्दै सजाय घोषणा गरेका हुन्।

मार्च २३ मा डानियल आफ्नो भाइलाई भेट्न भन्दै घरबाट निस्किएका थिए। मानसिक रुपमा अस्वस्थ भएकै कारण उनका भाइ जोयले प्रहरीलाई उनको उद्धारका लागि आग्रह गरेका थिए।

तर, प्रहरीले निशस्त्र रहेका अस्वेत डानियललाई नियन्त्रणमा लियो र दमन गर्‍यो।

सडकमा अर्धनग्न कुद्दै गरेको अवस्थामा उनी प्रहरी नियन्त्रणमा परे। उनलाई सडकमा घोप्टो पारेर प्रश्न गरियो। त्यस समय उनी बर्बराउँदै प्रहरीलाई थुक्दै थिए। आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएपछि प्रहरीले उनको मुख लुगाले छोपिदियो। एक प्रहरीले दुवै हात र टाउको थिच्दै र नथुक्न निर्देशन दिए।

निस्सासिएका डानियल अस्पताल भर्ना हुनु पर्‍यो। घटना भएको १ साता पछि, मार्च ३० मा उनको मृत्यु भयो।

४१ वर्षीय डानियल अस्वेत अमेरिकी जर्ज फ्लोयडको हत्या भएको दुई महिना पछि मारिए। यस घटना बारे उनको परिवारले विहीवार मात्र पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। उनीहरूले संलग्न प्रहरी कर्मचारीविरुद्ध सजायको माग गरेका थिए।

पोस्ट मोर्टम रिपोर्टका अनुसार डानियलको मृत्युको कारण स्वास प्रस्वासमा अवरोध पुग्नु हो। रिपोर्टले पीसीपी नामक एक औषधीलाई पनि कारण बताएको छ जसको प्रयोग लट्ठ्याउनका लागि गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell