PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सात प्रहरी सहित पोखरामा १६ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

सात प्रहरी सहित पोखरामा १६ जनामा कोरोना संक्रमण

काठमाडौं : पोखरा महानगरपालिकामा १६ जनासहित गण्डकी प्रदेशमा ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै यो प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिकामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत रहेका छन्। त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक/एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell