PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण, ‘द ब्याटम्यान’को छायाँकन प्रभावित



पहिलोपोस्ट

रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण, ‘द ब्याटम्यान’को छायाँकन प्रभावित

प्रतिक्षित अमेरिकी सुपर हिरो फिल्म ‘द ब्याटम्यान’को छायाँकन पुन: स्थगित भएको छ। फिल्मका प्रमुख पात्र अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको संक्रमण देखिए पछि छायाँकन रोकिएको हो।

निर्माण कम्पनी वार्नर ब्रोजले खबर पुष्टि गर्‍यो। कम्पनीले निर्माण टोलीका सदस्य आइसोलेसनमा रहेको बताएको थियो। तर को? भन्ने खुलाएको थिएन।

उक्त ६ महिना अघि सुरु भएको फिल्मको निर्माण प्रक्रिया कोरोना भाइरस महामारीका कारण प्रभावित छ। यसअघि पनि स्थगित छायाँकन लकडाउन पछि पुन: सुरु भएको थियो।  

३४ वर्षीय बेलायती कलाकार रोबर्ट लण्डनमा छायाँकन पुन: सुरु भएको केही दिनमा संक्रमित भएको बताइएको छ।

द ब्याटम्यान सन् २०२१ को जुनमा सार्वजनिक हुने बताइएको थियो। अब छायाँकनसँगै प्रदर्शन पनि प्रभावित भएको छ। फिल्मलाई म्याट रिभिजले निर्देशन गर्दैछन्।

ट्वीलाइट स्टार रोबर्टले यसअघि क्रिश्चियन बेल, बेन अफ्लेक, जर्ज क्लुनी लगायत फिल्ममा सुपर हिरोको भूमिका निर्वाह गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell