PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितवनका ७४ सहित १०६ जना संक्रमित पहिचान



पहिलोपोस्ट

चितवनका ७४ सहित १०६ जना संक्रमित पहिचान

काठमाडौं : चितवनमा थप १०६ जना संक्रमित पहिचान भएका छन्। चितवनका दुई वटा प्रयोगशालामा भएका परीक्षणमा चितवन जिल्लाका ७४ र अन्य जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा भएको २८४ नमुना परीक्षणका क्रममा १८ जना संक्रमित पहिचान भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरपालिका ८ पुरुष र ६ महिला  गरी १४  जना र खैरहनी नगरपालिकाका १ पुरुष र २ महिला गरी ३ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै चितवन मेडिकल कलेज कोभिड-१९ प्रयोगशालामा भएको परीक्षणमा ७०३ नमुना परीक्षणका क्रममा ८८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रो बायोलोजिस्ट डाक्टर नवीनकुमार चौधरीले जानकारी दिए।

भरतपुर अस्पताल प्रयोगशालामा ओभरलोड भएका नमुना प्रयोगशालाले चितवन मेडिकल कलेज प्रयोगशालामा परीक्षणका लागि पठाइएका ७७८ नमुनामध्ये ७०३ नमुना परीक्षण भएको र तीमध्ये ८८ नमुना पोजेटिभ आएको छ।

प्रयोगशालामा भएको परीक्षणमा चितवन जिल्लाका मात्र ५७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा ४ वर्षका बालिका तथा ६ र ७ वर्षका बालकहरुसमेत रहेका छन्। संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ४२ जना रहेका छन्। त्यस्तै रत्ननगरका ३ महिला कालिका नगरपालिकाका एक महिला र एक पुरुष, खैरहनी नगरपालिकाका १ महिला, राप्ती नगरपालिकाका ३ महिला र ६ पुरुष रहेका छन्।

चितवन मेडिकल कलेजमा भएको परीक्षणकै क्रममा चितवन बाहिरका ३१ जनामा संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएकामध्ये गोरखा र रुपन्देहीका २/२ जना धनुषा र कैलालीका ३/३ जना रहेका छन्। त्यस्तै रौतहट, स्याङ्जा, मकवानपुर, बारा, मोरङ, झापा, नुवाकोट, बर्दिया, बाँके, रुकुम र दार्चुलाका १/१ जना रहेका छन्। 

संक्रमण पहिचान भएका चितवन बाहिरका संक्रमित उपचारका लागि चितवन आएका तथा चितवनमा नै बसोबास गर्दै आएका हुन्। संक्रमितको नमुना संकलन भरतपुर अस्पतालबाटै भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell