PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विवाद लगत्तै आज रातो मछिन्द्रनाथको क्षमा पूजा हुँदै



पहिलोपोस्ट

विवाद लगत्तै आज रातो मछिन्द्रनाथको क्षमा पूजा हुँदै

काठमाडौं : रातो मछिन्द्रनाथ (बुंगद्य:) को रथयात्राको आज क्षमा पूजा हुने भएको छ। बिहान ९ बजेर ३० मिनेटमा पूजा गरिनेछ। 

६ महिनादेखि रोकिएको यस रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन्।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको थियो।

बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।

यसरी साइत हेरे पनि निस्किएको मिति (सम्भवत भाद्र २६ गते) मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्य:  जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जनाएका छन्।  

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell