काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा रुपन्देहीकी ६४ वर्षीया महिलाको मृत्यु भएको हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की महिलाको उपचारका क्रममा शुक्रवार बिहान ८:४५ बजे मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज अलमले जानकारी दिए।
भदौ ४ गते उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग र निमोनिया देखिएपछि उपचारको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भर्ना भएकी महिलाको १६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ४ गते देखि नै आइसियुमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान ८.४५ बजे उनको मृत्यु भएको हो।
