PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

वीरगंजमा ५८४ को स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पहिचान : ७ जना बैंकका कर्मचारी, ८ जना सुरक्षाकर्मी



राधेश्याम पटेल

वीरगंजमा ५८४ को स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पहिचान : ७ जना बैंकका कर्मचारी, ८ जना सुरक्षाकर्मी

वीरगंज : वीरगंजमा भदौ १८ गते नारायणी अस्पताल पीसीआर ल्याबमा भएको कुल ५८४ स्वाब परीक्षणबाट ४५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा १० महिला र ३५ पुरुष रहेका छन्।

१८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा निस्केका संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना रहेका छन्। जसमध्ये पर्सा वीरगंजका १९ जना रहेका छन्। वीरगंज नबिल बैंकका २१, २६, २७, ३२ र ३७ वर्षका पुरुष गरी ६ जना कर्मचारी रहेका छन्। त्यसैगरी, वीरगंज वडा नं ९ का २ जना, ११ का २ जना, ८ का १ जना, १५ का १ जना, २१ का १ जना, १४ का २ जना, २२ का २ जना र १० का २ जना रहेका छन्। एक जनाको वडा नं खुलेको छैन।

त्यसैगरी, पर्सा कालिकामाई वडा नम्बर १ का २ जना, ३ का १ जना, सखुवाप्रसौनी ४ का २ जना, ५ का १ जना र पटेर्वा सुगौली गापाका १ जना रहेका छन्। बाराका १९ जनामध्ये निजगढबाट १४ जना रहेका छन्। निजगढ ८ नम्बर वडाका २ जना, ७ का १ जना, ९ का १ जना, ईलाका प्रहरी कार्यालय निजगढका ३९, ४३, ५७, २८, ३३ र ३३ का पुरुष सुरक्षाकर्मी गरी ६ जना, सशस्त्र प्रहरी पिलुवा गणका २६ र ३७ वर्षका दुई जना गरी ८ जना सुरक्षाकर्मी रहेका छन्।

कामना विकास बैंक बाराका २५ वर्षको कर्मचारी रहेका छन्। २४ सिटी भ्यालुभन्दा माथिका २९ जना र सो भन्दा मुनिका १६ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell