PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रुपन्देहीमा १३ औं संक्रमितको मृत्यु, बुटवलका ७४ वर्षका संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा १३ औं संक्रमितको मृत्यु, बुटवलका ७४ वर्षका संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। आज शुक्रवार मृत्यु हुने दोस्रो संक्रमित हुन्। 

बुटवल उपमहानगरपालिका वडा न. ८ का ७८ वर्षका पुरुषको शुक्रवार बिहान ९: ०० बजे लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएपछि भर्ना भएका उनमा संक्रमण पुष्टि भएको हो। 

मृतक संक्रमितको अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको थियो। उनलाई ९ दिन देखि भेन्टिलेटरमा उपचाररत भइरहेको थियो। 

आजै बिहान बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा भैरहवाकी एक महिलाकोसमेत मृत्यु भएको छ। 

योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell