PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मानक वर्णविन्यासमा नयाँ शब्दकोशको माग



पहिलोपोस्ट

मानक वर्णविन्यासमा नयाँ शब्दकोशको माग

काठमाडौं : नेपाली भाषाको मानकीकरणमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले निर्वाह गरेको भूमिकाप्रति अलङकार प्रतिष्ठानले एक्यवद्धता जनाएको छ।

प्रतिष्ठानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश ९२०७२० लाई खारेज गराई मानक वर्णविन्यासमा नयाँ शब्दकोश प्रकाशन तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका ९२०६६० खारेज, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरी मानक वर्णविन्यासमा प्रकाशन भएको दाबी गरेको छ।

यस्तै उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रकाशित सबैको नेपाली नामक पुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरेर मानक वर्णविन्यासमा प्रकाशन, सबै बैंकका एटिएमहरूमा नेपाली भाषाको अनिवार्य प्रयोग गराउनुका साथै कक्षा ११ र १२ को पाठ्यक्रममा नेपाली भाषाको शिक्षण अनिवार्य बनाउने काम भएको पनि प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली भाषा नेपालको पहिचान हो, गौरव हो। नेपाली भाषाप्रति अत्यन्त संवेदनशील संस्था मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले गर्ने निर्णयलाई शिरोपर गरी नेपाली भाषा बचाउने अभियानमा लाग्न सधैं तत्पर छौं,' प्रतिष्ठनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell