सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा ड्रग्स जोडिन आइपुगेको छ। सीबीआईसँगै नार्कोटिक कन्ट्रोल ब्यूरोले पनि अनुसन्धान गरिरहेको छ।
यो प्रकरणमा अभिनेत्री कंगना रनौतले रिपब्लिक टिभीलाई अन्तर्वार्ता दिने क्रममा बलिउडका ९९ प्रतिशत कलाकारले ड्रग्स सेवन गर्ने गरेको अभिव्यक्ति दिइन्। साथै ए तहका स्टार कलाकार पनि अग्रपंक्तिमा रहेको उनको भनाई थियो। ‘बलिउड इण्डस्ट्रीका ९९ प्रतिशत मानिस एक समयमा ड्रग्स लिन्थे,’ उनले ट्वीटरमा पनि लेखेकी छन्, ‘यदि नार्कोटिक कन्ट्रोल ब्यूरोले जाँच गर्यो भने कैयौ ए लिस्टर्स फस्नेछन्।'
If narcotics Control Bureau enters Bullywood, many A listers will be behind bars, if blood tests are conducted many shocking revelations will happen. Hope @PMOIndia under swatchh Bharat mission cleanses the gutter called Bullywood.
— Kangana Ranaut (@KanganaTeam) August 26, 2020
यो अभिव्यक्तिपछि कंगनालाई रवीना टण्डन, अनुप सोनी लगायत कलाकारले जवाफ फर्काएका छन्। रवीनाले बलिउडमा राम्रा र नराम्रा दुबै खाले कलाकार भएको बताउँदै केही खराबले पुरै इण्डस्ट्रीलाई खराब देख्न नहुने उल्लेख गरेकी छन्। यो कुरामा मानिसहरु समझदार रहेको पनि उनको भनाई थियो।
Globally,99 % of judges,politicians,babus,officials,cops are corrupt.This statement cannot be a generic description for all.People are intelligent.They can differentiate between good/ bad.Few bad apples cannot spoil a basket.Likewise our industry also has the good and the bad. https://t.co/2sicSRZaAP
— Raveena Tandon (@TandonRaveena) September 1, 2020
त्यसैगरी क्राइम पेट्रोल टेलि सिरियलका होस्ट अनूप सोनीले पनि कंगनालाई जवाफ फर्काएका छन्। ९९ प्रतिशत खराब मान्छेहरु रहेको इण्डस्टी नै छोड्न उनले सुझाएका छन्। 'कोही पनि जसलाई लाग्छ कि ९० प्रतिशत फिल्म इण्डस्ट्रीका मानिस ड्रग्स लिन्छन्, तब उनीहरुले यस्तो खराब सडेको इण्डस्ट्रीमा रहनु हुँदैन। कुनै सफा गंगाभन्दा पनि पवित्र इण्डस्ट्रीमा जानुपर्छ। सायद राजनीति इण्डस्ट्रीमा,' उनले ट्वीटरमा कंगनाको नाम उल्लेख नगरी लेखेका छन्।
Anyone who feels that 90% of the film industry is on drugs should not stay in this dirty rotten industry and join the most pious and Ganga se bhi jyada pavitra Industries...May be Rajneeti Industry...
— Anup Soni (@soniiannup) September 3, 2020
