इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीच आजबाट तीन खेलको टी २० सिरिज सुरु हुँदैछ। आज बेलुका पौने ११ मा सिरिजको पहिलो खेल सुरु हुनेछ। यसअघि इङ्ग्ल्याण्डले पाकिस्तानसँग टी सिरिज खेलेको थियो भने अस्ट्रेलियाले कोरोनाको महामारी यता पहिलो टी२० सिरिज खेल्न लागेको हो। सिरिजका सबै खेल साउथ ह्याम्टनमा हुनेछन्। खेल बन्द रंगशालामा हुनेछ।
आइसिसीको टी२० वरीयता अनुसार अस्ट्रेलिया नम्बर १ टिम हो भने इङ्ग्ल्याण्ड नम्बर २। अस्ट्रेलियाका कप्तान एरोन फिन्सले सिरिज कुनै प्रतियोगिताको फाइनल जस्तो हुने बताएका छन्।
‘इङ्ग्ल्याण्ड र अस्ट्रेलिया बीचको प्रतिद्वन्दिता सँधै रोमाञ्चक रहँदै आएको छ। तपाइ कहाँ या कसको अगाडि खेलिरहनु भएको छ यसले मतलब राख्दैन। यदि सडकमा खेले पनि यो खेल रोमाञ्चक हुनेछ।’ फिन्चले भनेका छन्।
कोभिड १९ को महामारीपछि आयरल्याण्ड, वेस्टइन्डिज र पाकिस्तानसँग विभिन्न प्रारुपमा खेलिसकेको इङ्ग्ल्याण्डलाई बन्द रंगशालामा वा नयाँ महोलमा खेल्न त्यति कठिन हुने छैन। यद्यपि अस्ट्रेलियाको भने कोभिडपछिको यो नौलो अनुभव रहने छ।
इङ्ग्ल्याण्ड टिम
इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर,जोनी बेयस्ट्रो, टम बेन्टन, सेम बिलिङ्ग्स, जोस बटलर, सेम करन, टम करन, जो डेनली, क्रिस जोर्डन, डेभिड मलान, आदिल राशिद, मार्कवुड, लियाम लिबिङ्स्टोन, शाकिब महसुद
अस्ट्रेलिया टिम
आरोन फिन्स(कप्तान), स्टिभ स्मीथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, एस्टन एगर, एलेक्स केरी, मार्कस स्टोइनिस, मार्नल लबुसाने, एन्ड्रु टाइ, म्याथ्यु बेड, मिचेल स्टार्क, एडम जाम्पा, पेट कमिङ्ग्स, सिन एबट, जोस हेजलवुड, नाथन लियोन, मिशेल मार्स, रिले मेरिडिथ, जोस फिलिप, केन रिचर्डसन र डेनियल सेम्स
