PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अनामनगरमा महिलाको हत्या, पक्राउ परे श्रीमान



पहिलोपोस्ट

अनामनगरमा महिलाको हत्या, पक्राउ परे श्रीमान

काठमाडौं : अनामनगरमा एक महिलाको हत्या भएको छ। बर्दिया बाँसगढी नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका २९ अनामनगरमा बस्ने ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

हत्याको अभियोगमा ३६ वर्षीय श्रीमान अजय विक पक्राउ परेका छन्।

आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजयलाई सोमबार बेलुका महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ सिंहदरबार वृत्तको टोली घटनास्थल पुगेको थियो। घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकस्थित घरको पहिलो तल्लाको प्यासेजमा भारत राजस्थान घर भई सोही घरमा डेरा गरी बस्ने ४० वर्षीय नन्दन किशोर शर्मा बिहीबार मृत अवस्थामा फेला परेको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell